काठमाडौँ, कात्तिक ६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन समन्वय समितिले बाढी, पहिरोपीडितका लागि आठ लाख ३८ हजार तीन सय सहयोग गरेको छ । समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्मालगायतले प्रदान गरेको चेक ग्रहण गर्नुहुँदै अध्यक्ष दाहालले सहयोगका लागि समितिलाई धन्यवाद दिनुभयो । उहाँले मानवीय विपद्को सबै मिलेर सामना गर्नुपर्ने बताउनुभयो ।