फाइल तस्वीर
काश्की, कात्तिक ५ गते ।
सहकारीको रकम अपचलन प्रकरणमा गिरफ्तार हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेसँग बयान लिने काम सुरुभएको छ । सरकारी वकिल र जिल्ला प्रहरी कार्यालय काश्कीका अनुसन्धान अधिकृतहरुले सभापति लामिछानेसँग आज सोमबारदेखि सरकारीको रकम अपचलन सम्बन्धमा बयान लिन सुरु गरिएको हो ।

सभापति लामिछानेसँग कानुनी प्रक्रिया अनुसार बयान लिने काम सुरु भएको छ । कार्तिक २ गते शुक्रबार सभापति लामिछानेलाई काठमाडौँको बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयबाट साँझपख पक्राउ गरी सोही दिन स्थलमार्ग हुँदै काश्की लगिएको थियो ।

सहकारी प्रकरणमा दोषी करार गरिएका लामिछानेलाई हिजो आइतबार प्रहरीले थुनामा राखेर अनुसन्धानका लागि बयान लिन जिल्ला अदालत काश्कीमा लगिएको थियो । जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले सभापति लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिनुभएको थियो । सोही आधारमा आज सोमबार पूर्व गृहमन्त्री लामिछानेसँग आजदेखि बयान लिने काम सुरुभएको छ ।

पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर उक्त सहकारीको रकम अपचलन गरेको आरोप लाग्दै आएको छ ।

गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक हुनुहुन्थ्यो ।