काठमाडौँ, कात्तिक ५ गते । आगामी साता अनिवार्य अवकाशमा जान लाग्नुभएकी डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस हुनुभएको छ । बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत किरण राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।


केन्द्रीय अनुसन्धान ब्यूरोमा दरबन्दी भएर विमानस्थलको सुरक्षा प्रमुखमा कार्यरत राणा आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गर्नुभएकी राणा ५६ वर्षे उमेर हदका कारण यहि कार्तिक १५ मा अवकाशमा जान लाग्नुभएको थियो ।

प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । तर राणाभन्दा अगाडि रहेका बुद्धिराज गुरुङ र दुर्गा सिंहलाई छाडेर बढुवा सिफारिस समितिले राणालाई बढुवा सिफारिस गरेको हो ।