काठमाडौँ, कात्तिक ४ गते । रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ पर्नुभएका सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो ।


जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । पक्राउ परेको दिन शुक्रबारबाटै गणना गर्नेगरी न्यायाधीश दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

शुक्रबार काठमाडौंबाट पक्राउ पर्नुभएका सभापति लामिछानेलाई शनिबार बिहान पोखरा पुर्याइएको थियो । शनिबार सार्बजनिक बिदा भएकोले आईतबार म्याद थपको लागि अदालत लगिएको थियो ।