काठमाडौँ, कात्तिक ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत तथा पुनःस्थापना दिने कर्तव्य पूरा गर्न सरकार ढृढ र सक्रिय रहेको बताउनुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले जाजरकोट केन्द्रविन्दु भई गत वर्ष गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिइएको र मनसुनजन्य विपद्बाट प्रभावितलाई छिटो-छरितो रुपमा राहत वितरण गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विपद्लगत्तै सुरक्षा निकायसहित सबै अङ्गले प्रभावकारी काम गरेका सहयोगी सबैलाई धन्यवाद दिनुभयो । सो अवसमा कोषमा नेपाल आयल निगमबाट रु तीन करोड, युनिलिभर कम्पनीबाट ३० लाख (यसअघि २० लाख दिइसकेको) माछापुछ«े बैँकबाट २५ लाख र पूर्वराष्ट्रसेवक कर्मचारी सङ्गठनबाट एक लाख हस्तान्तरण गरिएको थियो ।