फाइल तस्वीर
काश्की, कात्तिक ४ गते । सहकारीको रकम अपचलन गरेको आरोप लागेका पूर्वउप्रधानमन्त्री एव्म राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय काश्कीले सभापति लामिछानेलाई आज आइतबार अदालत लगेको हो ।


सभापति लामिछानेलाई गिरफ्तार गरिएको विरोधमा पोखरामा सो पार्टीका कार्यकर्ताहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले सभापति लामिछानेलाई अदालत लगिँदा बाहिर उनको समर्थनमा नेता कार्यकर्ताले चर्को प्रदर्शन गरेका छन् । सभापति लामिछानेलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान हुन सक्ने बताइएको छ।