फाइल तस्वीर
काठमाडौँ, कात्तिक ४ गते । अमेरिकामा आयोजित टी–२० क्रिकेटमा नेपालले अमेरिकासँग खेलेको दोस्रो खेलमा जित निकालेको छ । अज बिहान भएको खेलमा नेपालका सोमपाल कामी चम्किँदा दोस्रो टी–२० खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो ।

डलासमा भएको खेलको अन्तिम ओभर र सुपर ओभरमा तिव्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जिताउन महत्वपूर्ण भूमिका खेले ।

सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जितपछि नेपालले तीन खेलको सिरिजमा २–० को अग्रतासहित एक खेलअगावै सिरिज आफ्नो पोल्टामा पारेको छ ।

निर्धारित २० ओभरमा नेपाल र अमेरिकाले समान रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए ।