फाइल तस्वीर
काठमाडौँ, कात्तिक ४ गते । पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ । केही दिनअघि डेङ्गी सङ्क्रमित भएर उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभए मिश्रको उपचारकै क्रममा आज निधन भएको हो ।

मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गर्नुभएको थियो । मिश्रका श्रीमती र एक छोरा हुनुहुन्छ ।