काठमाडौँ, कात्तिक ३ गते । कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की प्रहरीमा राखिएको छ । पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेर आज राति नै पोखरा लगिएका लामिछानेलाई आज शनिबार अदालत बिदा हुने भएकाले भोली आइतबार मात्रै म्याद थपका लागि अदालत लगिने भएको हो ।

रास्वपा सभापति लामिछानेलाई स्वास्थ्य परीक्षणपछि कास्की प्रहरीले आइतबार मात्र अदालतमा हाजिरी गराउने जनाएको छ । आज शनिवार अदालत बिदाका कारण एक दिन कास्की प्रहरीकै हिरासतमा राखिने भएको हो ।

अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लामिछानेलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो ।