काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज शुक्रबार साँझ भएको खेल
काठमाडौँ, कात्तिक २ गते । महिला साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले भुटानसँग अङ्कबाँड्न बाध्यभएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज शुक्रबार साँझ भएको खेलमा भुटानसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।

दशरथ रङ्गशालामा साँझ ५ः३० बजे सुरु हुने खेलमा नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको थियो । तर आजको खेलमा भुटानले नेपाललाई पूर्णरुपमा दवावमा राखेर खेल समापन गर्यो । यसअघिका हरेक संस्करणमा भुटानमाथि हावी बन्दै आएको नेपाल तुलनात्मक आज भुटानविरुद्ध गोलगर्न चुक्यो ।

जारी सातौं संस्करणमा आइपुग्दा भुटानी टिम निकै सशस्त रुपमा खेलमैदानमा देखियो । नेपालको हरेक आक्रमणलाई भुटानी किपरले विफल तुल्याएकी थिइन । भुटानमाथिको अपराजित यात्रामा नेपाललाई गोलको खडेरी पर्यो । भुटानका लागि भने नेपालसँगको आज खेल बराबरीमा टुङ्ग्याएर नयाँ इतिहास रचेको छ ।