फाइल तस्वीर
काठमाडौँ, कात्तिक २ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति लामिछानेलाई आज शुक्रबार साँझ पक्राउ गरिएको हो ।

जिल्ला अदालतद्वारा लामिछाने सहित १४ जनालाई पक्राउ गर्न आजै अनुमति दिएसँगै प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेको हो । सभापति लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न काश्की जिल्ला अदालतमा पेश गरिनेछ ।

गोर्खा मिडियाका तात्कालिन प्रवन्ध निर्देशक समेत रहेका रास्वपा सभापतिलाइ पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा दर्ता भएको पूरक जाहेरीका आधारमा अनुसन्धानका लागि प्रहरीले रविलाई पक्राउ गरेको हो ।