फाइल तस्वीर
काठमाडौँ, कात्तिक २ गते ।
जिल्ला अदालत काश्कीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काश्कीले आज शुक्रबार लामिछानेसहित १४ जनाविरुद्ध एकैसाथ पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला अदालत काश्कीले पक्राउ पुर्जी जारी गरेकाहरुमा विशाल तामाङ, रविना रिमाल, नवीन अछामी, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको छ । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजि पक्राउ पुर्जी जारी भएको हो ।

यसअघि एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वमा संसदले संसदीय छानविन विशेष समिति गठन गरेको थियो । सरकारीको रकम अपचलन सम्बन्धमा अध्ययन अनुसन्धान गर्न गठित समितिले लामिछानेका साथै छविलाल जोशी, जीबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो । उनीहरुमाथि सहकारीको रकम गोर्खा मिडियामा ल्याएर हिनामिना गरेको गम्भीर आरोप छ ।