फाइल तस्वीर
काठमाडौँ, कात्तिक २ गते ।
सहकारीको रकम ठगी र अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई अझै पाँच दिन थुनामा राख्न अदालते आदेश दिएको छ । आज शुक्रबार अदालतले जोशीलाई अझै पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको आदेश दिएको हो ।


संसदीय छानविन विशेष समितिले सहकारीको रकम ठगी र अपचलनका सम्बन्धमा जोशीको सम्लग्नता देखिएको ठहर गरेपछि गत असोज ६ गते उनलाई पक्राउ गरिएको थियो । उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन म्याद थप गरी अनुसन्धान गरिएको थियो ।

अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन।

विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।