फाइल तस्वीरः रास्वपाका सभापति रवि लामिछाने ।
काठमाडौँ, कात्तिक २ गते । पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेलाई गिरफ्तार गर्न कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।


रास्वपाका सभापति लामिछानेलाई आजै शुक्रबार नै पक्राउ गर्ने तयारी भएको छ । कास्की जिल्ला अदालतले सभापति लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा गिरफ्तार गर्न लागिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली रविलाई पक्राउ गर्न खटिएको छ ।


सभापति लामिछानेले कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकार मरेर आफूलाई जुठो परेको स्टाटस लेख्नुभएको छ ।

सभापति लामिछानेले स्टाटसमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाई बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?’ भनि उल्लेख गर्नुभएको छ ।