संसदका विपक्षी दलहरुको बैठक
काठमाडौँ, कात्तिक २ गते ।
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आह्वानमा संसद्मा प्रतिनिधित्व गरेका विपक्षी दलहरुको बैठक बसिरहेको छ । काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा सत्ताविपक्षी दलहरुको बैठक बसिरहेको हो ।

बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्ष दलहरूको बैठक बोलाउनुभएको हो । बैठक देशको वर्तमान राजनीतिक घटनाक्रम, सरकारको काम कारवाही र बाढीपहिरोपछि उत्पन्न परिस्थितिको विषयमा केन्द्रीत भएर छलफल चलिरहेको बताइएको छ ।

बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा र आजपाका शीर्ष नेताहरुको सहभागिता रहेको माकेका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।