फाइल तस्वीर
काठमाडौँ, असोज २६ गते ।
पूर्वराजा ज्ञानेन्द्र शाहले महाराजगञ्जस्थित निर्मल निवासमा दशैँको अवसरमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ ।

पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले विजयदशमीका दिन अपराह्न ४ बजदेखि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनुहुने बताइएको छ ।

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

पूर्वराजा शाहले दशैँका अवसरमा विगतमा पनि शुभेच्छुक एवम् सर्वसाधारणहरुलाई टीका लगाउँदै आउनुभएको थियो ।