काठमाडौँ, असोज २३ गते । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज ५० लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पाेरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले १० लाख हस्तान्तरण गर्नुभयो । कर्पाेरेशनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गर्नुभएको कर्पाेरेशनले जनाएको छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिनुभएको कर्पाेरेशनले जनाएको छ ।