रुकुमपश्चिम, असोज २० गते । रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको आठविसकोट नगरपालिका–२ स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका–९ बलचौर घर भई हाल सेरिगाउँ बस्ने ३६ वर्षीय भीमबहादुर ओली पक्राउ परेका हुन् ।

शुक्रबार राति सेरिगाउँबाट ज्यामडाँडा जाने पक्की सडक छेउबाट पक्राउ गरिएका उनीहरूलाई आज रुकुम जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार दुवै जनाबाट विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत फेला परेका छन् ।