फाइल तस्वीर
काठमाडौँ, असोज २० गते ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतले आज नियुक्त हुनुहुने भएको छ । राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिस अनुसार आजै उहाँलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको हो ।

सर्वोच्चको ३२ औँ प्रधानन्यायाधीशको रूपमा राउतलाई आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले महाराजगञ्ज शितल निवासस्थित राष्ट्रपति भवनमा दिउँसो १:३० बजे शपथ खुवाउने कार्यक्रम रहेको छ ।

निवर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ हिजो असोज १९ गतेदेखि शनिबारदेखि अनिवार्य अवकाशमा जानुभएकोले राउतलाई प्रधानन्यायाशीमा नियुक्ति गर्न १६ गते बसेको संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो ।

राउतले आज सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदभार ग्रहण गर्नुहुने भएको छ । नयाँ प्रधानन्यायाधीश राउतलाई वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले स्वागत गर्नुहुने बताइएको छ । यद्यपि, सर्वोच्च अदालतसहित देशभरका अदालत भने घटस्थापनाकै दिनदेखि दसैँ बिदा लागू भएको छ ।

संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गते सिफारिस गरेको थियो । सर्वोच्चका नयाँ प्रधानन्यायाशीध राउतले आगामी २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नुहुने छ ।