चितवन, असोज २० गते । नारायणगढ–मुग्लिङ सडक खण्डमा सडक माथिबाट ढुङ्गा खसेर गुडिरहेका २ वटा बसका पाँच जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार काठमाडौंबाट बर्दियातर्फ गइरहेको ना७ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बाप्र०६–००१ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुङ्गा लागेको हो

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गए राति इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा ढुङ्गा खसेर लाग्दा पाँच जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको र घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ढुङ्गा खसेर लाग्दा घाइते हुनेहरूमा बर्दिया गेरूवाका विकास शर्मा, प्रेमकला थापा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।