काठमाडौँ, असोज १९ गते । वरिष्ठ समाजसेवी गङ्गा पन्तको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन गरिएको छ । सङ्खुवासभाको चैनपुरमा जन्मेर पन्तले आफ्नो जीवनमा गरेका सङ्घर्षबारे लेखेको उक्त पुस्तकको आज उहाँले विमोचन गर्नुभयो ।

कार्यक्रममा ऊर्जामन्त्री खड्काले मातृभूमिलाई माया गरेर आफ्नो जीवनमा गरेका सङ्घर्षलाई आगामी पुस्ताका लागि मार्गदर्शन बन्ने बताउनुभयो । “माओवादी द्वन्द्वकालमा धेरै मानिसहरू आफ्नो जन्मभूमि छाडेर विभिन्न स्थानमा हिँडेको अवस्थामा लेखकले आफ्नो जन्मभूमिलाई सम्झेर पुस्तक लेख्नु अरूका लागिसमेत प्रेरणाको स्रोत बनेको छ”, मन्त्री खड्काले भन्नुभयो ।

आफ्नो भूगोललाई सम्झेर लेखिएको पुस्तकले समाजप्रति उत्तरदायी बन्न प्रेरणा प्रदान गरेको उहाँको भनाइ थियो । मन्त्री खड्काले मानिस भएर जन्मेपछि केही न केही सम्झने कुरा छाडेर जाँदा नयाँ पुस्तालाई खोज र अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकका लेखक शाक्यले आफ्नो जीवनका भोगाइ र ग्रामीण जीवनशैलीलाई पुस्तकमार्फत प्रकाशनमा ल्याएको बताउनुभयो । एक सय ५० वर्षपहिले ललितपुरको पाटनबाट बसाइँ सरेर सङ्खुवासभाको चैनपुरमा पुगेको शाक्य परिवारले गरेको योगदानलाई समेत पुस्तकमा समावेश गरिएको उहाँको भनाइ थियो ।