चितवन, असोज १७ गते । भरतपुर महानगरपालिका–२९ सेतीदोभानस्थित नारायणगढ–मुग्लिन सडकमा आज बिहान डिब्बा ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको छ । ना ६ ख ४८८७ नम्बरको डिब्बा ट्रकले पछाडिबाट ठक्कर दिँदा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको प्र१–०२–००१ ख ९९८९ नम्बरको बस अनियन्त्रित भई सडक छेउको डिभाईडरमा ठोक्किदाँ दुर्घटना भएको हो ।

डिभाइडरका कारण ठूलो क्षति हुनबाट जोगिएको छ । बसमा सवार भक्तपुर नगरपालिका ९ बस्ने वर्ष १९ कि अपिया सुहालको नाकमा चोट लागि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि भरतपुर ल्याइएको छ । दुर्घटनाबारे बाँकी विवरण एकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।