फाइल तस्वीर
काठमाडौँ, असोज १७ गते ।
आज घटस्थापनाको दिनदेखि सबै अदालतहरु बन्द हुनेभएका छन् । आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालतदेखि जिल्ला अदालतहरुसम्म सबै बन्द भएका हुन् ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्दहुने परम्परा विगत देखिकै हो । सर्वोच्च अदालतले हिजो बुधबार एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराएको छ ।

घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म भने अदालत खुला रहने पनि सर्वोच्च अदालतद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

460218771_886995863365927_3767480628572183246_n