काठमाडौँ । आज घटस्थापनाको दिनदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । वडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो ।

अदालतले आज एक विज्ञप्ति जारी गर्दै आज असोज १७ गते घटस्थापनाको दिनदेखि असोज ३० गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुने जानकारी गराएको छ ।

आज घटस्थापनाको दिन, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने अदालतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

460218771_886995863365927_3767480628572183246_n