काठमाडौँ, असोज १६ गते । सङ्घीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठक आज बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुने बताइएको छ । संसदीय सुनुवाइ समितिले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि सिफारिस गरिनुभएका प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ ।
प्रस्तावित प्रधानन्यायाधीश राउतलाई समितिको बैठकमा बोलाइएको छ ।