काठमाडौँ, असोज १५ गते । साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।