काठमाडौँ, असोज १५ गते । अमेरिका भ्रमण सकेर हिजोमात्रै स्वदेश फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै हुनुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले आज मङ्गलबार अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्न लाग्नु भएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली अमेरिकाको न्यूयोर्कमा आयोजना भएको संयुक्त राष्ट्रसङ्घ ७९ औं महासभामा भाग लिएर हिजो सोमबार अपरान्ह स्वदेश फर्केपति महासभा भएको छलफल, नेपालको तर्फबाट आफुले राखेको विषयका साथै देशको वर्तमान परिस्थितिकाबारेमा पत्रकारहरुलाई जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको बताइएको छ ।