फाइल तस्वीर
काठमाडौँ, असोज १५ गते । सङ्घीय संसद् अन्तर्गतका तीनवटा समितिको बैठक आज बस्दैछ । आज प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रियसभा अन्तर्गतका विधायन व्यवस्थापन समिति र आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अहिले बिहान ११ः३० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा देशभर बाढी पहिरोले पु¥याएको जनधनको क्षति, उद्दार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि आज बिहान ११ः३० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।