काठमाडौँ, असोज १४ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दैछ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएको हो ।


बैठक पार्टी कार्यालय च्यासलमा आज मङ्गलबार बिहान ११ बजे बस्नेछ । अत्याधिक वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भएकाले बैठकको एजेण्डा सोही हुनसक्ने सम्भावना छ ।