काठमाडौँ, असोज १४ गते । बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर स्वदेश फर्केलगत्तै प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक राख्नुभएको हो । यसअघि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै आएको थियो ।


सिंहदरबारमा नियमित बैठक गर्दै आउनुभएका प्रधानमन्त्री ओलीले आफू राष्ट्रसङ्घको ७९औं महासभाबाट फर्केलगत्तै आफ्नै निवासमा मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । बैठकमा बाढी पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिने बताइएको छ ।