काठमाडौँ, असोज १४ गते । सत्तारूढ दल नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ । काङ्ग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी काङ्ग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक यही असोज १५ गते मङ्गलबार बस्न लागेको जनाएको छ ।


उक्त दिन संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्न लागेको हो । दुवै बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने काङ्ग्रेस संसदीय दलले जनाएको छ ।