काठमाडौँ, असोज १४ गते । काठमाडौंबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस गाडी काठमाडौंको शिवपुरीमा दुर्घटना भएको छ । धादिङ काठमाडौँको सीमाना झ्याप्लेखोलामा पहिरो गएर सडक अवरुद्ध भएपछि बैकल्पिक बाटोको प्रयोग गरी लमजुङका लागि गुडेको हायस शिवपुरीमुनी चापाबोट जङ्गलमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा १२ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको बताइएको छ । ग १ ख ४५३५ नम्बरको हायसमा चालकसहित १८ जना यात्रु सवार रहेकोमा अरु सकुशल रहेको बताइएको छ । घटनास्थलमा उद्धार जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।