काठमाडौँ, असोज १३ गते । नौबिसे–नागढुङ्गा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको एउटा बस पुरिएको अवस्थामा भेटिएको छ । गोरखाको लापुबेँसीबाट काठमाडौँतर्फ आउँदै गरेको एक बस सम्पर्कविहीन भएको थियो । पहिरोमा सवारी साधन पुरिएको आशंकामा खोजी गर्दा एउटा बस फेला परेको हो ।

झ्याप्ले खोलामा पुरिएको बस खोतल्ने क्रममा गोरखाबाट आउने क्रममा बेपत्ता भएको ना ४ ख२२७० नम्बरको बस नै रहेको पुष्टि भएको छ । गोरखाबाट काठमाडौँका लागि आएको उक्त बसमा चार जना सवार रहेकोमा तीन शव फेला परेको छ । बसको केही भाग मात्र देखिएपछि थप खोजी गर्दा शुक्रबार गोरखाबाट काठमाडौंका लागि छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।