कञ्चनपुर, असोज १३ गते । हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ ।

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् ।
किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताउनुभयो । उहाँ हात्ती धपाउन जानुभएको थियो । घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उहाँले दिनुभयो ।