काठमाडौँ, असोज १३ गते । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको काङ्ग्रेसका कार्यवाहक मुख्यसचिव डाक्टर प्रदीप पराजुलीले जानकारी दिनुभयो । बैठकमा अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गरिने बताइएको छ ।