काठमाडौँ, असोज १३ गते । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको दरौँदी यातायात प्रालिको ना ४ ख२२७० नम्बरको बस सम्पर्कविहीन भएको छ । शुक्रबार रातिदेखि सम्पर्कविहीन भएको सो बसका यात्रुका आफन्तले खोजिदिन आग्रह गरेपछि बस सम्पर्कविहीन भएको पत्ता लागेको हो ।


प्रहरीका अनुसार बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन । दरौँदी यातायात प्रालिले उक्त बस शुक्रबार राति १० बजेसम्म खानीखोलामा सम्पर्कमा भएको र त्यसपछि सम्पर्क नभएको जनाएको छ । बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि उक्त बस पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ ।