फाइल तस्वीर
काठमाडौं, असोज १३ गते । पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।


तीन दिनदेखि भएको अविरल वर्षाका कारण मुलुकभर भएको बाढी पहिरो र त्यसबाट भएको क्षतिले उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न पूर्वप्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकको आह्वान गर्नुभएको हो ।


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आह्वान गर्नुभएको बैठक आज आइतबार बिहान १० बजे सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।