काठमाडौँ, असोज १३ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न अध्यक्ष प्रचण्डले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
बैठक आज आइतबार बिहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने भएको छ ।