बोस्टन, असोज १२ गते । प्रधानमन्त्री केपी शर्मा ओली र लक्जेम्बर्गका प्रधानमन्त्री लुक फ्रिइडेनबीच आज भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट हावर्ड विश्वविद्यालयको कार्यक्रमका लागि बोस्टन आइपुग्नुभएका प्रधानमन्त्री ओली र लुकबीच भेटवार्ता भएको हो । उहाँहरुबीच दुईपक्षीय सम्बन्ध विस्तार र भविष्यको सहयात्राबारे छलफल भएको थियो ।