फाइल तस्वीर
ललितपुर, असोज १२ गते ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिकास्थित नख्खु खोलाले बगाएर चार जना बेपत्ता भएका छन् । ललितपुर महानगरपालिकास्थित नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् । उक्त घटना केहीबेरअघि भएको प्रहरी बलले जनाएको छ ।