फाइल तस्वीर
काठमाडौँ, असोज १२ गते ।
अविरल वर्षाका कारण पहिरो जाँदा ललितपुरमा तीन जनाको मृत्युभएको छ । अलग अलगस्थानमा गएको पहिरोमा परी तीन जनाको मृत्युभएको हो ।


जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार चुनिखेलमा पहिरोले घर बगाउँदा ४८ वर्षीया एक महिलाको मृत्यु छ भने चापागाउँको टाखेलमा ५४ वर्षीया महिला र छम्पीमा एक जना महिलाको मृत्यु भएको छ । छम्पीमा पहिरो खस्दा घरमा बसिरहेका आमा छोरा मध्ये छोराभने भागेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।