फाइल तस्वीर
काठमाडौँ, असोज १० गते । सत्तारुढ दल नेपाली काङग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ । पूर्वप्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले असोज १३ गते आइतबार दिउँसो २ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।

निर्वाचन आयोगले विभिन्न कारणले स्थानीय तहमा रिक्त भएका पदहरुमा आगामी मङसिर १६ गते उपनिर्वाचन गर्ने मिति तय गरेको सो सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो । आयोगले उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न सूचना समेत जारी गरेकोले यस बारेमा पनि कार्यसम्पादन समितिको बैठकमा छलफल गरिनेभएको छ ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने क्रममा आयोगमा राजनीतिक दलले पार्टीको लेखा परीक्षण प्रतिवेदन, दल दर्ता गर्ने सम्बन्धी पार्टी बैठकको निर्णयको प्रतिलिपिका साथै आयोगले माग गरेको अन्य आवश्यक काजगातहरुसमेत बुझाउनु पर्ने हुन्छ । काङ्ग्रेसले आगामी आइतबारका लागि बोलाएको बैठक यिनै विषयवस्तुमा छलफल हुनेछ ।