काठमाडौँ, असोज ९ गते । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । संविधानको धारा २७१ बमोजिम आयोगले आगामी मङ्सीर १६ गते तय भएको उपनिर्वाचनका लागि दल दर्तासम्बन्धी सूचना सार्वजनिक गरेकोे हो ।
आयोगले स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान गरेको हो ।

आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन पेस गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

दलहरुले असोज १० देखि १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्ने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

Capture