काठमाडौँ, असोज ८ गते । दसैंका लागि अग्रिम टिकट बुकिङ आगामी शनिबार अर्थात् असोज १२ गतेबाट खुल्ने भएको छ । आज मङ्गलबार यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलमा अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको हो ।

दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घले पनि १२ गतेबाट नै अग्रिम बस टिकट खुल्ला गर्ने निर्णय भएको जनाएको छ ।