काठमाडौँ, असोज ८ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।


मेडिकल व्यवसायी प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।


साइबर अपराधको आरोपमा आइतबार भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर साइबर अपराधमा अनुसन्धान भइरहेको बताइएकोे छ ।