तस्वीरमा प्रधानमन्त्री केपी शर्मा ओली ।
न्युयोर्क, असोज ७ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औं महासभाअन्तर्गत संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आज आयोजित ‘समिट अफ द फ्युचर’को संवाद सत्रको अध्यक्षता गर्नुभएको छ ।

समिट अफ द फ्युचरको उद’घाटनमा भाग लिएपछि प्रधानमन्त्री ओलीले छलफल सत्रको अध्यक्षता गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले महासभामा आजै सम्बोधन गर्ने कार्यक्रम रहेकोे छ ।