तस्वीरमा प्रधानमन्त्री र भारतीय समकक्षी ।
न्युयोर्क, असोज ७ गते ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेलीले विभिन्न राष्ट्रका प्रमुखहरुसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे, कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहसँग भेटवार्ता गर्नुभएको हो । नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो ।

तस्वीरमा प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे ।

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री अल सबाह ।

भेटवार्ताकै क्रममा प्रधानमन्त्री ओली र नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्क बीच पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्क ।