वीरगञ्ज, असोज ४ गते । सशस्त्र प्रहरी बल नेपाल, पर्साले आज विभिन्न स्थानबाट भन्सार छली गरेर अवैध रुपमा भित्राइएको १७ लाख २७ हजार मूल्य बराबरका कपडासहितको किरानाका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनवाबाट अवैध रुपमा भित्रिएका किरानाका सामान, कपडा, जुत्तालगायतका सामान बोकेको ना ५७ प ५३२६ नम्बरको मोटरसाइकलसहित १४ लाख ६४ हजार सात सय ७० मूल्य पर्ने सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटरका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर कुँवरले शुक्रबार बलले अवैध रुपमा भन्सार छली गरेर भित्राइएका लत्ताकपडासहितका अन्य सामान बरामद गरिएको जानकारी दिनुभयो ।

“अवैध भन्सार छली गरेर भित्राइएका सामान पक्राउ गरेर शुक्रबार नै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेका छौँ”, उहाँले भन्नुभयो ।