प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँ, असोज ४ गते ।
अमेरिकाको भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओली कतारको दोहा पुग्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शुक्रबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क जानेक्रममा प्रधानमन्त्री दोहा पुग्नुभएको हो ।

प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो १ बजेर ३५ मिनेटमा हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेभएको थियो ।  प्रधानमन्त्री ओलीलाई उक्त विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत गर्नुभएको थियोे । प्रधानमन्त्री दोहाबाट आजै अमेरिका जानुहुनेछ ।