फाइल तस्वीर कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह ।
काठमाडौँ, असोज ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गर्नुभएकोले राष्ट्रपति पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहलाई तोक्नुभएको हो ।

राष्ट्रपति कार्यालयले सिंहलाई प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिसमा तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनु हुनेछ ।

sital-niwas